त्रिविबाट हट्ने भयो प्रहरी चौकी « Khabarhub

त्रिविबाट हट्ने भयो प्रहरी चौकी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाइने भएको छ ।

त्रिविमा प्रहरी चौकी राखेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको थियो ।

त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने विषयमा आन्दोलनरत नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयबीच सहमति भएको हो ।

नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने जनाइएको छ ।

त्यस्तै स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने सहमतिपनि नेविसंघसँग त्रिविले गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : २६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका