मृत्यु भइसकेका व्यक्तिको बृद्ध भत्ता अपचलन गर्ने गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मृत्यु भइसकेका व्यक्तिको बृद्ध भत्ता अपचलन गर्ने गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्येष्ठ नागरिकलाई प्रदान गरिने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको साविक जयमंगलापुर गाविसका सचिव राजेन्द्र महतो नुनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन गाविस सचिव नुनियारले मृत्यु भइसकेका ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय तथा एकल महिलाको नाममा आएको भत्ता वितरण गरेको देखाएर अपचलन गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले नुनियारविरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष कैद जसाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु