गृहमन्त्री थापा चीन प्रस्थान « Khabarhub

गृहमन्त्री थापा चीन प्रस्थान


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइबार बेइजिङ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । उनको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : २२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका