पाँच क्यामेरासहितको सोनी ५ प्लस आउँदै « Khabarhub

पाँच क्यामेरासहितको सोनी ५ प्लस आउँदै


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ ।

सो इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न लागेको हो । यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ ।

एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ ।

यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ । एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ ।

जसको सेन्सर साइज १/१.५ इन्च हुने छ । यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ ।

तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ । यसको सेन्सर साइज १/३.४ इन्चको हुने छ । चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको