पाँच क्यामेरासहितको सोनी ५ प्लस आउँदै « Khabarhub

पाँच क्यामेरासहितको सोनी ५ प्लस आउँदै


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ ।

सो इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न लागेको हो । यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ ।

एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ ।

यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ । एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ ।

जसको सेन्सर साइज १/१.५ इन्च हुने छ । यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ ।

तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ । यसको सेन्सर साइज १/३.४ इन्चको हुने छ । चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५१ बजे

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि