काभ्रेको पनौतीबाट पुन: कपनमै फर्किए रोहिंग्या शरणार्थी « Khabarhub

काभ्रेको पनौतीबाट पुन: कपनमै फर्किए रोहिंग्या शरणार्थी


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– कामको खोजीमा करीब साढे २ महिना अगाडि काभ्रेको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिंग्या शरणार्थी परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन् ।

स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको पनौती नगरपालिका–३ का वडाध्यक्ष ईश्वर थापाले बताए ।

एक हप्ताअगाडीदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु मंगलबार सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताए । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकिए पछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको वडाध्यक्ष थापाले बताए ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने स्थानमा गएको बताए । बाँकी रहेकामध्ये ७ जना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । अब त्यो ठाउँमा रोहिंग्या समुदायको कोही पनि व्यक्ति नरहेको उनले बताए ।

ती समुदायका १० परिवारको ३४ जनामा १ देखि ६२ बर्षसम्मका व्यक्ति रहेको र जसमा १३ साना बालबालिका र ८ महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसरी आएका रोहिंग्या कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएका थिए । ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवारको हेरचाह गर्ने गर्दै आएका थिए ।

शुरुमा १४० जनाको सङ्ख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए । रोहिंग्या समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय कपनमै फर्किएका हुन् ।

नयाँ मान्छेहरु आएपछि सशङ्कित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ४० बजे

शेख हसीनाको सत्ता ढालेका उस्मान हादी : जसको हत्याले बंगलादेशभर निम्तियो हिंसा र विध्वंश

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता शरीफ उस्मान हादीको मृत्युपछि

नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज– चिसो बढ्न थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र