नेपालको तेस्रो विकेट पतन, उपकप्तान ऐरी ३६ रनमा आउट « Khabarhub

नेपालको तेस्रो विकेट पतन, उपकप्तान ऐरी ३६ रनमा आउट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २०.३ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ऐरी र शरद भेषावकरले नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए । ऐरीले ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे ।

यो सँगै नेपालले २१ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको छ । यसअघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भइसकेका छन् ।

शुरुवाती दुई ठूला विकेट झिनो रनमै गुमाउँदा नेपाल दबाबमा देखिएको थियो । तर, दीपेन्द्र र शरदले टिमको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । यो साझेदारीमा ब्रेक लागेसँगै नेपाली टोलीलाई दबाब बढेको छ ।

ओमानका लागि खलिमुल्लाह, बिलाल खान र मोहम्मद नादेमले एक एक विकेट लिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ४९ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै