नेपालको आठौं विकेट पतन, ५५ रन जोड्दै भेषवाकर आउट « Khabarhub

नेपालको आठौं विकेट पतन, ५५ रन जोड्दै भेषवाकर आउट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालको आठौं विकेट गुमेको छ ।

नेपालले ४३.१ ओभरमा आठौं विकेटको रुपमा शरद भेषवाकरलाई गुमाएको हो । शरदले १०८ बल खेल्दै ५५ रनको योगदान गरेका थिए । उनी एकिव इलियाजको बलमा बोल्ड भएका हुन् ।

नेपाल अहिले ४४ ओभरको समाप्तिसँगै ८ विकेटको क्षतिमा १६४ रन सहित खेलिरहेको छ ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

रोहित आउट भएपछि मैदान आएका विनोद भण्डारी पनि २६ रन बनाउँदै आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : २० बजे

द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं– वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,