कोरोनाबाट अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा « Khabarhub

कोरोनाबाट अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसले अमेरिकामा ११ जनाको मृत्यु भएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो ।

अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको छ।

अमेरिकाको १६ राज्यमा एक सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको छ ।

यसमध्ये ३ हजार १२ जना चिनियाँ नागरिकको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : २५ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ