इजरायलका प्रधानमन्त्रीले भने–कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं | Khabarhub Khabarhub

इजरायलका प्रधानमन्त्रीले भने–कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ ।

कोरोना संक्रमण फैलना सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका नागरिकलाई अपिल गर्दै भेटघाटका क्रममा हात नमिलाउन अपिल गरेका छन् । उनले त्यसको सट्टा नमस्कार गर्न वा अभिवादन गर्न आग्रह गरेका हुन् ।

दुई हात जोडेर गरिने अभिवादन नेपाल भारत लगायका पूर्वीय सभ्यतामा प्रचलित परम्परागत तरिका हो ।

नेतन्याहूले बुधबार भने,‘जसरी म हात मिलाउनबाट बचिरहेको छु तपाई पनि त्यसै गर्नुहोस् । तपाईहरु नमस्ते गर्ने भारतीय तरिकालाई लागू गर्ने कोशिश गर्न सक्नु हुनेछ या सलाम वा अन्य शव्द प्रयोग गर्न सक्नु हुनेछ । या कुनै अन्य तरिका खोज्नुहोस्, तर कुनै पनि प्रकारहले हात नमिलाउनुहोस् ।’

इजरायलमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हजार भन्दा धेरै मानिसमा संक्रमणको आशंका गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ५४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले