कोरोना भाइरस त्रास: निर्माता संघले निकाल्यो यस्तो विज्ञप्ति « Khabarhub

कोरोना भाइरस त्रास: निर्माता संघले निकाल्यो यस्तो विज्ञप्ति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण चलचित्र निर्माता स‌ंघले फिल्मकर्मीलाई उच्च शतर्कता अपनाउन आह्वान गरेको छ । साथै संघले फिल्मकर्मीलाई हाल सबै फिल्मको छायांकन रोक्न अनुरोध समेत गरेको छ ।

केही महिनायता विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण फिल्म क्षेत्रका कार्यक्रमहरू प्रभावित हुँदै आएका छन् । नेपालमा पनि यसको प्रभाव देखिएको छ ।

निर्माता संघले ‘नेपाली चलचित्रको छायांकन सम्बन्धमा नेपाल चलचित्र निर्माता संघबाट जारी गरिएको अत्यन्तै जरुरी सूचना’ भन्दै विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रमा सरिक नहुन अनुरोध गरेको छ ।

‘हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संबाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : ४३ बजे

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।