कोरोना भाइरस त्रास: निर्माता संघले निकाल्यो यस्तो विज्ञप्ति « Khabarhub

कोरोना भाइरस त्रास: निर्माता संघले निकाल्यो यस्तो विज्ञप्ति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण चलचित्र निर्माता स‌ंघले फिल्मकर्मीलाई उच्च शतर्कता अपनाउन आह्वान गरेको छ । साथै संघले फिल्मकर्मीलाई हाल सबै फिल्मको छायांकन रोक्न अनुरोध समेत गरेको छ ।

केही महिनायता विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण फिल्म क्षेत्रका कार्यक्रमहरू प्रभावित हुँदै आएका छन् । नेपालमा पनि यसको प्रभाव देखिएको छ ।

निर्माता संघले ‘नेपाली चलचित्रको छायांकन सम्बन्धमा नेपाल चलचित्र निर्माता संघबाट जारी गरिएको अत्यन्तै जरुरी सूचना’ भन्दै विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रमा सरिक नहुन अनुरोध गरेको छ ।

‘हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संबाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : ४३ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ