कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार ५०४ को मृत्यु, ८४ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार ५०४ को मृत्यु, ८४ हजारबढी संक्रमित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ ।

विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ।

त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ३९ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी