कोरोना भाइरस: भारतमा एकै दिन ५२९ नयाँ संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस: भारतमा एकै दिन ५२९ नयाँ संक्रमित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ८६ रहेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ४२ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको