कोरोना भाइरस: भारतमा एकै दिन ५२९ नयाँ संक्रमित « Khabarhub

कोरोना भाइरस: भारतमा एकै दिन ५२९ नयाँ संक्रमित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ८६ रहेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ४२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका