स्पेनमा कोरोना जितेर घर फर्किएका नेपालीले दिए यस्तो सुझाव « Khabarhub

स्पेनमा कोरोना जितेर घर फर्किएका नेपालीले दिए यस्तो सुझाव


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले विश्वमा कोरोनाभाइरसका कारण त्रासदीपूर्ण अवस्था छ । कोरोना भाइरसको जोखिम रोक्न विश्व लागिपरेको भए पनि अझै औषधी बनिसकेको छैन ।

विश्वका बैज्ञानिकहरु औषधिका लागि अहोरात्र खटिएका छन् ।

विश्वमा संक्रमितहरुमध्ये हालसम्म २ लाख ४६ हजार बढी निको भएर घर फर्किएका छन् । ६४ हजार बढीको ज्यान गइसकेको छ ।

यो काहालीलाग्दो अवस्थाकाबीच कोरोना भाइरसलाई जितेर घर फर्किनेहरुका अनुभव पनि आ-आफ्नै छन् ।

उनीहरुको एउटा साझा मत छ- ‘रोगबारे नलुकाउनुस्, आत्मबल बढाउनुस् । अरुको सम्पर्कमा नजानुस् ।’

केही दिन अघि अमेरिकामा कोरोना स‍ंक्रमित शम्भु मोक्तान निको भएर घर फर्किँदा भनेका थिए- ‘प्लिज सामाजिक दूरी कायम गरौं, घर बाहिर ननिस्कौं ।’

अहिले अर्का नेपाली स्पेनमा कोरोनालाई जितेर घर फर्किएका छन् । उनको सुझाव पनि आत्मबल बढाउनु भन्ने छ । उनले पनि रोगबारे नलुकाउन आग्रह गर्दै सामाजिक दूरी कायम गर्न, घरभित्रै बस्न आग्रह गरेका छन् ।

स्पेनको बार्सिलोनामा कोरोना भाईरसको संक्रमणपछि विष्णु रिजाल आईसीयुमा भर्ना भएका थिए ।

लामो समयदेखि बार्सिलोनामा सपरिवार बस्दै आएका अर्घाखाँचीका रिजालले कोरोनाको संक्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह समेत गरेका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले भनेका छन् – ‘म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक बन्न हार्दिक अनुरोध छ ।’

‘जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौ । शायद यही नै जिवनप्रति को मोह हो ।’ – उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् – ‘मेरो दुई हप्ताको कस्टकर अस्पतालबसाई पछि आज घर फर्कें । शतप्रतिशत ठीक भै ।’

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्पेनबासी र युरोपबासी नेपालीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

उनले भनेका छन् – ‘हजुरहरूकै मायाले मलाई पुनजीर्वन प्राप्त भएको छ । मित्रजनजन ,शुभचिन्तक सबैलाई नमन । मेरो परिवारलाई हौसला दिनुहुने नेपाली दूतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता ।’

उनले नआत्तिएर मनोवल उच्च राखेमा त्यही मनोवलले कोरोना भाइरसबिरुद्ध जीत हासिल हुने उनले बताएका छन् ।

उनले कुनै पनि साबधानीमा सम्झौता नगर्न र रोग लाग्यो भनेर तुच्छ भावमा नरहन अनुरोध गरेका छन् ।

यो पनि पढौं

अमेरिकामा कोरोनाभाइरस जितेर घर फर्किएका शम्भु मोक्तानको अनुभव

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : ३६ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी