शाहरुखको सहयोगी मन « Khabarhub

शाहरुखको सहयोगी मन


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता शाहरुख खानले आफ्नो कार्यालय रहेको ४ तले भवनलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन् ।

भारतीय मिडियाका अनुसार बालबालिका, महिला, वृद्धवृद्धाको हेरचाहका लागि भन्दै शाहरुखले आफ्नो कार्यालय रहेको भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका हुन् ।

भारतमा कोरोना भाइरसका कारण हजारौं प्रभावित भएका छन् भने फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । बृहमुम्बई महानगरपालिकाले ट्वीट गर्दै यसबारेमा जानकारी दिएको छ ।

बलिउडका हस्तीहरुले कोरोनाविरुद्धको लडाइँका लागि भन्दै सहयोग गरिरहेका छन् ।

शाहरुखले ५० हजार पीपीई किट, मुम्बईका ५ हजार ५ सय परिवारलाई खाद्य सामग्री दिने घोषणा गरिसकेका छन् भने १० हजारलाई ३ लाख भोजन किट लगायतको सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : १२ बजे

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित