कोरोना भाइरस शरीर बाहिर कति बाँच्छ ? « Khabarhub

कोरोना भाइरस शरीर बाहिर कति बाँच्छ ?


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको विश्वभर फैलिएको छ । नेपालमा पनि अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ ।

शनिवारमात्र तीनजनामा संक्रमण देखिएको छ । 

भारतबाट आएका संक्रमित व्यक्तिकी आफन्तलाई कोरोना संक्रमण देखिएसंगै मानिसहरुमा थप त्रास फैलिएको छ ।

नेपालमामात्र होइन विश्वमा नै यसको त्रास छ । संक्रमणको डरले संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। 

यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्।

कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ।

कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ।

श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड-१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ।

एकपटक खोक्दा मानिसले ३,००० थोपा निस्कन्छ ।

यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छ र केही साना थोपाहरू हावामै रहन पनि सक्छ।

मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ।

तर सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड-१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।

यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा सार्स-कोभ-२ कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययन निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ।

तर सो अध्ययनले  सार्स-कोभ-२ भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २-३ दिनसम्म जीवित रहने देखाएको छ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ।

ती अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने ती भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।

तर सजिले उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। 

यसका लागि ६२-७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।

बढी तापक्रम र आर्द्रता भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ।

कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ।

लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन।

बीबीसीबाट 

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ५६ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको