कोरोना त्रास : चार महिनाको बच्चासँगै आमालाई फ्ल्याटबाट निकालियो « Khabarhub

कोरोना त्रास : चार महिनाको बच्चासँगै आमालाई फ्ल्याटबाट निकालियो


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको संक्रमणबाट पूरै विश्वमा डर छाएको छ । डर संक्रमित भइन्छ कि भन्ने हो ।

सरकारले सामाजिक दूरी कायम राख्नका लागि लकडाउन गरेको छ । कोरोना भाइरसको मुकावला गर्ने यो एक तरिका हो । तर केही घटना अति सक्रियताका पनि रहेको छ । यसमा कसैको डर, अर्कोका लागि समस्या बन्न सक्छ ।

यस्तै एक घटना सार्वजनिक भएको छ । चार महिनाको बच्चालाई लिएर आमाले रातारात आफ्नो फ्ल्याट छोड्न परेको छ । किनकी उनी उक्त अपार्टमेन्टमा नयाँ थिइन् ।

यो घटना भारतको सूरतको ओलपाडी गल्लीमा रहेको अमर प्यालेस अपार्टमेन्टको हो जहाँ विद्यालय शिक्षिका राधिका गामित केही दिन बस्नका लागि पुगेकी थिइन् । उका साथ चार महिनाको बच्चा र उनका पति पनि थिए । तर अपार्ट मेन्टका मानिसले कोरोना भाइरस फैलने डरले उनीहरुलाई एक रात पनि फ्ल्याटमा बस्न दिएनन् ।

अपार्टमेन्टका अध्यक्षले अपरिचित मानिसलाई राख्न नसकिने बताए ।

राधिकाका अनुसार उनले बारम्बार प्रहरी र अन्यलाई आग्रह गरेकी थिइन् । तर कसैले पनि सुनेनन् । उनलाई र उनको पतिलाई संक्रमण थिएन । उनीहरुलाई चार महिनाको बच्चाका साथ फ्ल्याट छोड्न पर्यो । त्यसपछि उनीहरुले एक स्कुलमा राति काटेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : २१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले