कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने « Khabarhub

कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ ।

भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसहित ११ जना अवैध बाटो प्रयोग गर्दै सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

पछि सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी पु¥याएको थियो । सशस्त्र प्रहरीको ५ जनाको टोलीले उनीहरुलाई गड्डा चौकी पु¥याएको थियो । त्यस क्रममा अन्य ९ जना सशस्त्र प्रहरी पनि संलग्न हुन पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित १४ जना सुरक्षाकर्मीको नमूना संकलन गरिने जानकारी दिए ।

हाल उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ०१ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार