डाक्टरको भेषमा काठमाडौंबाट झापा पुगेका २ युवक पक्राउ | Khabarhub Khabarhub

डाक्टरको भेषमा काठमाडौंबाट झापा पुगेका २ युवक पक्राउ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकडभिट्टा– चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापाको काँकडभिट्टा पुगेका २ जना युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले २ जना युवालाई पक्राउ गरेको हो । फक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन् ।

प्रहरीले उनीहरुको साथबाट डा. विनोद श्रेष्ठ नाम गरेको नक्कली परिचय पत्र समेत बरामद गरेको छ ।

उनीहरु बिहान बा ६ च ७०१९ नम्बरको कार चढेर काँकडभिट्टा आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार सोधपुछ गर्ने क्रममा उनीहरुले झापामा स्वास्थ्य शिविर चलाउन आएको बताएका थिए ।

कोरोनाको सन्त्रासका कारण देशव्यापी लकडाउनको आवस्थामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेपछि प्रहरीले उनीहरुसँग मेडिकल काउन्सिलको दर्ता नम्बर मागेको थियो । मेडिकल काउन्सिलको दर्ता नम्बर दिन नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनीहरु अरु नै कामका लागि डाक्टरको भेष धारण गरेर झापा पुगेको खुलेको एसपी कोइरालाले बताए ।

दुवै जना लागू औषधको खोजीका लागि काठमाडौंबाट झापा पुगेको हुन सक्ने एसपी कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : २२ बजे

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन