खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना भाइरस ‘नेगेटिभ’ « Khabarhub

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना भाइरस ‘नेगेटिभ’


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना संक्रमण नेगेटिभ भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा रहेका ९४ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

प्रवक्ता डा देवकोटाले देशभरका अस्पतालमा १ सय १३ जना कोरोनाको आशंकामा आइसोलेसनमा भएको पनि जाकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले वेबसाइड र मोवाइल एप्स मार्फत गरेको सर्वेमा कोरोनाको लक्षण आफुमा भएको भन्दै ८ हजार ९८ जना व्यक्तिले सूचना दिएका छन् । ती मध्ये हालसम्म १ सय ५० जना रेड जोनमा रहेका छन् ।

कोरोनाको आशंकामा स्वास्थ्य मन्त्रालयलाई आफ्नो लक्षणबारे बताउने मध्येबाट स्वास्थ्य मन्त्रालयले आज मात्र २४ जनालाई रेड जोनमा राखेको हो ।

प्रवक्ता देवकोटाले शनिबार कोरोना संक्रमण देखिएका ३ जना व्यक्तिको परिवारलाई पनि क्वारेन्टाइमा राखिएको बताए ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १५ सय ३९ वटा नमूना परीक्षण गरिएको र आज नयाँ कोरोनाको केस नभएको पनि बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३८ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।