चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने | Khabarhub Khabarhub

चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न भन्दै २ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो तर्फबाट २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी हुन् ।

कोरोना भाइरस संक्रमण फैलिने भन्दै सरकारले गरेको लकडाउनका कारण चलचित्र प्राविधिकहरुले काम पाएका छैनन् । काम नपाउँदा प्राविधिक तथा स्पटब्यायहरु समस्यामा परेका छन् । उनीहरूको सहयोग गर्न भन्दै नेपाल चलचित्र प्राविधिक संघले सहयोगको अपिल समेत गरेको थियो ।

‘कोरोना संक्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यामा हुनुहुन्छ,’ पूजाले लेखेकी छिन्, ‘संकटको यो घडीमा मैले आफ्नो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।’

साथै पूजाले सबैलाई सचेत रहन र घरमै रहन पनि अनुरोध गरेकी छिन् । पूजाको अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० मा रिलिज हुने भनिएको थियो । कोरोना प्रभावका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २२ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ