राज्यमन्त्री मानन्धरले गरे स्वास्थ्यमन्त्रीलाई ‘पीपीई’ हस्तान्तरण « Khabarhub

राज्यमन्त्री मानन्धरले गरे स्वास्थ्यमन्त्रीलाई ‘पीपीई’ हस्तान्तरण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई  हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज राज्यमन्त्री मानन्धरले स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई ३०० थान पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

नेपाल-भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आह्वान गरे ।

राज्यमन्त्री मानन्धरले कोरोना विरूद्ध सरकारले चालेका कदममा साथ र सहयोगसहित सबैले हातेमालो गर्नुपर्ने बताए ।

पीपीई ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाललाई कोरोनाको उपचारमा कुनै कसर बाँकी नराख्ने बताए । उक्त पीपीईको गुणस्तर हेरी उपचारमा संलग्न चिकित्सकलाई प्रदान गरिने बताए ।

मन्त्री ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताए । हस्तान्तरणका अवसरमा संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि उपयुक्त हुने समेत दाबी गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार