सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण « Khabarhub

सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई चितवनका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ ।

महानगरपालिकामा सडक कालोपत्र, ग्राभेल, ढल निर्माण, वडा कार्यालय भवन निर्माणजस्ता काम शुरु भएका छन् । जोशीका अनुसार रु एक अर्ब हाराहारीको विकासका काम यस वर्ष महानगरले गर्दै छ । आधा जति काम सकिएको भए पनि बाँकी काम सकेसम्म सक्नका लागि सहजीकरण गरिएको उनले जानकारी दिए।

महानगरमा धेरै काम सडक कालोपत्रे छन् । महानगरभित्रै चार अस्फाल्ट (तयारी अलकत्रा) बनाउने उद्योग रहेका छन् । तिनै उद्योग सञ्चालन गरी काम अगाडि बढाइएको छ । महानगरले शहरी विकास, सडक विभाग, सिँचाइ विभागअन्तर्गतका आयोजनाका कामका लागि पनि सहजीकरण गरिरहेको उनलेब ताए।

महानगरपालिकाका नौ वटा वडा कार्यालय भवन निर्माण एवं मर्मतसम्भार भइरहेका छन् । ती काम पनि अगाडि बढाइएको छ । निर्माण कम्पनीलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा सहयोगसँगै सवारी र मजदुर हिँड्डुलका लागि इजाजतको व्यवस्था महानगरले गरेको छ ।

राप्ती नगरपालिकामा पनि काम थालिएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार अत्यावश्यक र अधुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । सो क्षेत्रमा तटबन्धन, कुलो, सडक कालोपत्र, ढल, सडक ग्राभेलजस्ता विकासका आयोजना रहेका छन् ।

बरालका अनुसार चालू आर्थिक वर्षमा रु ४७ करोडको विकास बजेट विनियोजन गरिएको छ । सोमध्ये ८० प्रतिशत हाराहारीको सम्झौता भई आधा काम सम्पन्न भइसकेको छ । बाँकी सम्झौता गर्ने र कामलाई तीव्रता दिन नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले जानकारी दिइन ।

इच्छाकामना गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमणसँग जोगिँदै काम थालेको छ । गाउँपालिकाका अध्यक्ष गीता गुरुङले पुल, खानेपानी, सडकजस्ता पूर्वाधारका काम अगाडि बढाउन थालिएको बताइन ।

विद्युतीकरणको काम भने शुरु हुनसकेको छैन । सामाजिक दूरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी हुने गरी काम अगाडि बढाइएको छ । सोही गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विकासका कार्यक्रम अगाडि बढाउँदा राहत दिनुपर्नेको सङ्ख्या घट्ने बताए ।

भरतपुर महानगरपालिका–११ मा आइतबारबाट सडक कालोपत्रको काम नै थालिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीले निर्माण कम्पनीलाई सहयोग गर्न सकेमा विकासका कामसँगै स्थानीयवासीले रोजगारी पाउने बताए। सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अवलम्बन गर्दै काम थालिएको अधिकारीको भनाइ छ ।

जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । सबै पालिकाले विकासका काम अगाडि बढाउने तयारी गरिहेका छन् । यससँगै नारायणी, राप्तीजस्ता नदीमा तटबन्धनका काम, मानिसको कम चाप हुँदा गर्नैपर्ने सडकका काम, पुलका कामलाई प्राथमिकतामा राखेर निर्माण कम्पनीलाई काम लगाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका