कोरोना भाइरस : इयूको खोप विकास कोषमा अमेरिका र रुस बाहेक ३० मुलुकको सहयोग « Khabarhub

कोरोना भाइरस : इयूको खोप विकास कोषमा अमेरिका र रुस बाहेक ३० मुलुकको सहयोग


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरेको कोषमा अमेरिका र रुस बाहेकका ३० मुलुकले सहयोगको घोषणा गरेका छन् ।

विभिन्न ३० मुलुकले गरेको घोषित रकम अनुसार कोषमा आठ अर्ब अमेरिकी डलर जुट्ने भएको छ ।

फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो दिने प्रतिबद्धता जनाएका छन् भने जापानले ८०० मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कोरोना भाइरसको खोप निर्माणका लागि आवश्यक बजेट जुटाउन युरोपियन कमिसजनले आयोजना गरेको अनलाइन सम्मेलनमा सह्रिक भएका विभिन्न ३० मुलुकले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि उक्त सम्मेलनमा अमेरिका र रुस सह्रिक भएनन् ।

सम्मेलनमा कोरोना भाइरसको संक्रमण सुरु भएको मुलक चीनबाट युरोपियन युनियनका लागि चिनियाँ राजदूतले भाग लिएका थिए ।

सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि खर्च गरिने छ । बाँकी रकम भने खोपको परीक्षणका लागि छुट्याइएको इयूले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग