२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान « Khabarhub

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।

आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारबाट आएका सबैजना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

कोरोना संकट ब्यवस्थापन केन्द्र-सीसीएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ।

म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्।

अन्य ८ जना थप दुई प्रदेशका छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।

सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ।

रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : १५ बजे

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित