२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान « Khabarhub

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।

आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारबाट आएका सबैजना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

कोरोना संकट ब्यवस्थापन केन्द्र-सीसीएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ।

म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्।

अन्य ८ जना थप दुई प्रदेशका छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।

सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ।

रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै