यूएईबाट नेपालीको उद्धार गरी ल्याउने तयारी भएको पहिलो उडान रोकियो « Khabarhub

यूएईबाट नेपालीको उद्धार गरी ल्याउने तयारी भएको पहिलो उडान रोकियो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएको पहिलो उडान नै रोकिएको छ ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यूएईमा शुक्रबार बिदा परेकाले सबै सरकारी कार्यालय बन्द रहेको र केही प्राविधिक कुरा मिलाएपछि उडानबारे टुंगो लगाइनेछ ।

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल