आज 'उपछाया चन्द्र ग्रहण' लाग्दै | Khabarhub Khabarhub

आज ‘उपछाया चन्द्र ग्रहण’ लाग्दै


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज चन्द्र ग्रहण लाग्दैछ । ग्रहण आज राति ११ बजेर १ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर १९ मिनेटमा समाप्त हुनेछ भने १२ बजेर ३९ मिनेटमा ग्रहणको प्रभाव अधिक हुने ज्योतिषशास्त्रीहरुले बताएका छन ।

आजको चन्द्र ग्रहणलाई ज्योतिष शास्त्र अनुसार मान्दी ग्रहण अर्थात उपछायाँ ग्रहण पनि भनिन्छ ।

आजको उपछायाँ चन्द्रग्रहणमा पृथ्वीको छायाँको भाग चन्द्र सतहमा पर्दा सूर्यको प्रकाश छेकिन्छ । यसैलाई उपछायाँ चन्द्र ग्रहण भनिन्छ ।

आजको ग्रहणमा धेरै बदलाव नआए पनि चन्द्रमा केही धमिलो मात्रै देखिनेछ ।  ग्रहण नेपाल, भारतलगायत एसिया, युरोप, अष्ट्रेलिया र अफ्रिकाबाट देख्न सकिन्छ ।

ज्योतिषशास्त्र अनुसार आजको चन्द्र ग्रहणलाई ग्रहण भनिदैन । त्यसैले आज राती हुने चन्द्र ग्रहणको सुतक पनि लाग्नेछैन ।

आज लाग्ने भनिएको ग्रहण दोस्रो उपछायाँ चन्द्र ग्रहण हो । यसअघि पनि गत पौष २५ गते शुक्रबार उपछायाँ चन्द्र ग्रहण लागेको थियो ।

त्यसैगरि आगामी असार ७ गते आईतबार सूर्यग्रहण लाग्नेछ । यस पटक ३० दिनको अन्तरालमा तीन ग्रहण लाग्नेछन ।

आजको उपछायाँ चन्द्र ग्रहण, आगामी असार ७ मा लाग्ने सूर्य ग्रहण र असार २१ गते लाग्ने चन्द्र ग्रहण गरि तीन वटा ग्रहण लाग्नेछ ।

वैज्ञानिकहरुका अनुसार ग्रहण एक खगोलीय घटना हो । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ । सूर्यको प्रकाश पृथ्वीद्वारा छेकिएर चन्द्र सतहमा अध्याँरो हुने प्रकृयालाई चन्द्र ग्रहण भनिने खगोलशास्त्रीहरुको तर्क छ ।

सूर्य ग्रहणको तुलनामा चन्द्र ग्रहण सहज रुपमा हेर्न सकिने खगोलविद्हरुले बताएका छन ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ०६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको