आज ‘उपछाया चन्द्र ग्रहण’ लाग्दै « Khabarhub

आज ‘उपछाया चन्द्र ग्रहण’ लाग्दै


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज चन्द्र ग्रहण लाग्दैछ । ग्रहण आज राति ११ बजेर १ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर १९ मिनेटमा समाप्त हुनेछ भने १२ बजेर ३९ मिनेटमा ग्रहणको प्रभाव अधिक हुने ज्योतिषशास्त्रीहरुले बताएका छन ।

आजको चन्द्र ग्रहणलाई ज्योतिष शास्त्र अनुसार मान्दी ग्रहण अर्थात उपछायाँ ग्रहण पनि भनिन्छ ।

आजको उपछायाँ चन्द्रग्रहणमा पृथ्वीको छायाँको भाग चन्द्र सतहमा पर्दा सूर्यको प्रकाश छेकिन्छ । यसैलाई उपछायाँ चन्द्र ग्रहण भनिन्छ ।

आजको ग्रहणमा धेरै बदलाव नआए पनि चन्द्रमा केही धमिलो मात्रै देखिनेछ ।  ग्रहण नेपाल, भारतलगायत एसिया, युरोप, अष्ट्रेलिया र अफ्रिकाबाट देख्न सकिन्छ ।

ज्योतिषशास्त्र अनुसार आजको चन्द्र ग्रहणलाई ग्रहण भनिदैन । त्यसैले आज राती हुने चन्द्र ग्रहणको सुतक पनि लाग्नेछैन ।

आज लाग्ने भनिएको ग्रहण दोस्रो उपछायाँ चन्द्र ग्रहण हो । यसअघि पनि गत पौष २५ गते शुक्रबार उपछायाँ चन्द्र ग्रहण लागेको थियो ।

त्यसैगरि आगामी असार ७ गते आईतबार सूर्यग्रहण लाग्नेछ । यस पटक ३० दिनको अन्तरालमा तीन ग्रहण लाग्नेछन ।

आजको उपछायाँ चन्द्र ग्रहण, आगामी असार ७ मा लाग्ने सूर्य ग्रहण र असार २१ गते लाग्ने चन्द्र ग्रहण गरि तीन वटा ग्रहण लाग्नेछ ।

वैज्ञानिकहरुका अनुसार ग्रहण एक खगोलीय घटना हो । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ । सूर्यको प्रकाश पृथ्वीद्वारा छेकिएर चन्द्र सतहमा अध्याँरो हुने प्रकृयालाई चन्द्र ग्रहण भनिने खगोलशास्त्रीहरुको तर्क छ ।

सूर्य ग्रहणको तुलनामा चन्द्र ग्रहण सहज रुपमा हेर्न सकिने खगोलविद्हरुले बताएका छन ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ०६ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको