समयमै परीक्षण नहुँदा थ्रोट स्वाव प्रयोगशालामै थन्कियो « Khabarhub

समयमै परीक्षण नहुँदा थ्रोट स्वाव प्रयोगशालामै थन्कियो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना संक्रमणको जोखिम बढेपनि प्रयोगशालाको क्षमता वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड १९ परीक्षण गर्न संकलन गरिएका करिब आठ सय जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन् ।

स्थानीय तह आफैंले भीटीएम किट खरिद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन् । क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षण गराउन ल्याएपछि प्रयोगशालामै थन्किएका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्थापित प्रयोगशालाबाट आएका ८ सय बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्छ । तर, त्यो बेलासम्म योभन्दा बढी नमूना आउने जनाइएको छ । कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।

प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको इन्चार्ज शाहीले बताए ।

भएको उपकरण र प्राविधकबाट परीक्षण गर्न ढिला हुँदासम्म प्रदेश सरकार जनशक्ति र उपकरण थप्नेतर्फ ध्यान दिएको छैन । सुदूरपश्चिमका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले तीन ओटा पीसीआर मेसिन र २० ओटा भेन्टिलेटर खरीदका लागी टेन्डर भइसकेको बताएका छन् । हाल थ्रोट स्वाव नमुना संकलन तीब्र भएपनि परीक्षण सुस्त रहेको अवस्थीले बताए ।

धनगढीमा एउटै प्रयोगशाला र त्यसमा आवश्यक कर्मचारी समेत अभावका कारण परीक्षणले तिब्रता पाउन नसकेको निर्देशक अवस्थीले बताए ।

परीक्षणलाई बढाउन थप प्रयोगशाला राख्ने तथा आवश्यक जनशक्ती पुर्ती गर्ने बिषयमा निर्देशनालय केन्द्रित भएको उनले बताए ।

प्रदेश सरकारले प्रदेशका पाँच ठाउँमा प्रयोगशाला स्थापना गरेर परीक्षणलाई तिब्रता दिने निर्णय गरेपनि हालसम्म संघीय सरकारले स्थापना गरेको प्रयोगशालाबाटै परीक्षण भइरहेको छ ।

बाह्य मुलुकबाट हुलका हुल नागरिक भित्रिएर यस प्रदेशका क्वारेन्टाइनपनि भरिभराउ बनेका छन् । तर परीक्षणका लागी प्रयोगशाला अभावमा संकलन भएका नमुनापनि थन्किन थालेका हुन् । दिनेश विष्टबाट

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ०८ बजे

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस