समयमै परीक्षण नहुँदा थ्रोट स्वाव प्रयोगशालामै थन्कियो | Khabarhub Khabarhub

समयमै परीक्षण नहुँदा थ्रोट स्वाव प्रयोगशालामै थन्कियो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना संक्रमणको जोखिम बढेपनि प्रयोगशालाको क्षमता वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड १९ परीक्षण गर्न संकलन गरिएका करिब आठ सय जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन् ।

स्थानीय तह आफैंले भीटीएम किट खरिद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन् । क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षण गराउन ल्याएपछि प्रयोगशालामै थन्किएका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्थापित प्रयोगशालाबाट आएका ८ सय बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्छ । तर, त्यो बेलासम्म योभन्दा बढी नमूना आउने जनाइएको छ । कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।

प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको इन्चार्ज शाहीले बताए ।

भएको उपकरण र प्राविधकबाट परीक्षण गर्न ढिला हुँदासम्म प्रदेश सरकार जनशक्ति र उपकरण थप्नेतर्फ ध्यान दिएको छैन । सुदूरपश्चिमका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले तीन ओटा पीसीआर मेसिन र २० ओटा भेन्टिलेटर खरीदका लागी टेन्डर भइसकेको बताएका छन् । हाल थ्रोट स्वाव नमुना संकलन तीब्र भएपनि परीक्षण सुस्त रहेको अवस्थीले बताए ।

धनगढीमा एउटै प्रयोगशाला र त्यसमा आवश्यक कर्मचारी समेत अभावका कारण परीक्षणले तिब्रता पाउन नसकेको निर्देशक अवस्थीले बताए ।

परीक्षणलाई बढाउन थप प्रयोगशाला राख्ने तथा आवश्यक जनशक्ती पुर्ती गर्ने बिषयमा निर्देशनालय केन्द्रित भएको उनले बताए ।

प्रदेश सरकारले प्रदेशका पाँच ठाउँमा प्रयोगशाला स्थापना गरेर परीक्षणलाई तिब्रता दिने निर्णय गरेपनि हालसम्म संघीय सरकारले स्थापना गरेको प्रयोगशालाबाटै परीक्षण भइरहेको छ ।

बाह्य मुलुकबाट हुलका हुल नागरिक भित्रिएर यस प्रदेशका क्वारेन्टाइनपनि भरिभराउ बनेका छन् । तर परीक्षणका लागी प्रयोगशाला अभावमा संकलन भएका नमुनापनि थन्किन थालेका हुन् । दिनेश विष्टबाट

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ०८ बजे

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।