पोखरा विमानस्थल : विष्फोट गराउँदा घर चर्किएको भन्दै स्थानीयको विरोध « Khabarhub

पोखरा विमानस्थल : विष्फोट गराउँदा घर चर्किएको भन्दै स्थानीयको विरोध


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विष्फोटन गराउँदा आसपासका घर चर्किएपछि स्थानीय आन्दोलित बनेका छन् ।

उचित सुरक्षा नदिइ निर्माण कार्य अघि बढाएको र घर भत्कने जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयले नारा जुलुससहित आन्दोलन गरेका छन् । विमानस्थल निर्माणका क्रममा कडा खालका चट्टानहरू विष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले विष्फोट गराएको थियो ।

विष्फोटका क्रममा स्थानीयका ठूला तथा साना घरहरू चर्किएका हुन् । यस विषयमा जनप्रतिनिधिसहित स्थानीयले विमानस्थल निर्माण आयोजनासंग पटक पटक वार्ता गरेको थियो । तर सहमति अनुसार काम नभएको र घर जोखिममा परेकाले आन्दोलन गर्नुपरेको स्थानीय मोहन गिरीले बताए ।

पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि जितेन्द्र जंग थापाले विमानस्थलको चट्टान ब्रेकरले पनि फुटाउन सक्ने भन्दै विष्फोटको विकल्प खोज्नुपर्ने बताए । उनले विष्पोट गराउँदा हुने असरबारे आयोजना पक्षले सोच्नुपर्ने बताए ।

यता, विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मी भने स्थानीयले भनेजस्तो क्षति हुनेगरि विष्फोट नगराइएको बताएका छन् । विमानस्थलमा अझै पनि चार टन विष्फोटक पदार्थ बाँकी रहेको भन्दै उनले आवश्यक परेको ठाउँमामात्र विष्फोट गराएर काम गरिरहेको स्पष्ट पारे ।

यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आयोजना पक्ष र स्थानीयसंग समन्वय गरिरहेको बताए ।

विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण सामग्री र कामदारको अभावका कारण यसमा धक्का पुग्ने देखिन्छ । अहिले विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चिनियाँ कामदारले मात्र काम गरिरहेका छन् ।

आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १ : ५० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट