पोखरा विमानस्थल : विष्फोट गराउँदा घर चर्किएको भन्दै स्थानीयको विरोध « Khabarhub

पोखरा विमानस्थल : विष्फोट गराउँदा घर चर्किएको भन्दै स्थानीयको विरोध


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विष्फोटन गराउँदा आसपासका घर चर्किएपछि स्थानीय आन्दोलित बनेका छन् ।

उचित सुरक्षा नदिइ निर्माण कार्य अघि बढाएको र घर भत्कने जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयले नारा जुलुससहित आन्दोलन गरेका छन् । विमानस्थल निर्माणका क्रममा कडा खालका चट्टानहरू विष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले विष्फोट गराएको थियो ।

विष्फोटका क्रममा स्थानीयका ठूला तथा साना घरहरू चर्किएका हुन् । यस विषयमा जनप्रतिनिधिसहित स्थानीयले विमानस्थल निर्माण आयोजनासंग पटक पटक वार्ता गरेको थियो । तर सहमति अनुसार काम नभएको र घर जोखिममा परेकाले आन्दोलन गर्नुपरेको स्थानीय मोहन गिरीले बताए ।

पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि जितेन्द्र जंग थापाले विमानस्थलको चट्टान ब्रेकरले पनि फुटाउन सक्ने भन्दै विष्फोटको विकल्प खोज्नुपर्ने बताए । उनले विष्पोट गराउँदा हुने असरबारे आयोजना पक्षले सोच्नुपर्ने बताए ।

यता, विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मी भने स्थानीयले भनेजस्तो क्षति हुनेगरि विष्फोट नगराइएको बताएका छन् । विमानस्थलमा अझै पनि चार टन विष्फोटक पदार्थ बाँकी रहेको भन्दै उनले आवश्यक परेको ठाउँमामात्र विष्फोट गराएर काम गरिरहेको स्पष्ट पारे ।

यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आयोजना पक्ष र स्थानीयसंग समन्वय गरिरहेको बताए ।

विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण सामग्री र कामदारको अभावका कारण यसमा धक्का पुग्ने देखिन्छ । अहिले विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चिनियाँ कामदारले मात्र काम गरिरहेका छन् ।

आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै