रुकुम घटनामा थप सात जना पक्राउ « Khabarhub

रुकुम घटनामा थप सात जना पक्राउ

एकै गाउँका २५ जना हिरासतमा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा संलग्नता भएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् ।

यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । उनीहरूमाथि अनुसन्धान सुरु गरिएको पहरीले जनाएको छ ।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो । अझै दुई जना फरार रहेका छन् । उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  २ : ४२ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल