रुकुम घटनामा थप सात जना पक्राउ « Khabarhub

रुकुम घटनामा थप सात जना पक्राउ

एकै गाउँका २५ जना हिरासतमा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा संलग्नता भएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् ।

यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । उनीहरूमाथि अनुसन्धान सुरु गरिएको पहरीले जनाएको छ ।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो । अझै दुई जना फरार रहेका छन् । उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  २ : ४२ बजे

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६