कर्णाली प्रदेशमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४८९ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४८९ पुग्यो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको हो ।

संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोट स्थानीय ठेगाना भएका व्यक्तिहरु हुन् । संक्रमितहरु ३ जना महिला, २ जना ४ वर्ष उमेरका बालकहरु सहित ५० वर्ष उमेर सम्मका पुरुषहरु छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण