२४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण « Khabarhub

२४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा २४ घण्टामा ४ हजार २ सय ३२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख २१ हजार ३ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

८८ हजार ३ सय ६६ जनाको पिसिआर र १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

शुक्रबार २ सय ७८ जना थपिएसँगै संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। जसमध्ये ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। ११ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा ७६, प्रदेश २ मा १ सय २१, बागमतिमा ३२, गण्डकीमा ३, प्रदेश ५ मा ९२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मुलुकभर हाल २ हजार ५ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमतिमा ५०, गण्डकीमा ५४, प्रदेश ५ मा ८ सय ६९, कर्णालीमा ४ सय ७५ र सुदूरपश्चिममा ८३ जना आईसोलेसनमा छन्। १ लाख ६६ हजार ७ सय ६५ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : ५५ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा