रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- दलित संघर्ष समिति पोखराले रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनाका दोषीलाई कारबाहीको माग राख्दै पोखरा महानगरपालिका वडा नं ३३ वडाअध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन भएको भन्दै घटनाले पीडितलाई उचित न्याय दिलाउन माग गरिएको छ ।

दलित भएका कारण ज्यान गुमाउनु परेको अवस्थामा जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ अन्तर्गत अपराधीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न समितिले माग गरेको छ ।

यस अघि जातीय उत्पीडनका विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पोखरा महानगरपालिका वडा नं ३३ बसपार्कहुँदै बरेली चोक, पानीट्याङ्की, महाकाली चोक, कालिकास्थान, भगवतीचौतारासम्म र्‍याली निकालेका थिए ।

विरोध र्‍यालीमा संयोजक प्रेमबहादुर सुनार, सह संयोजक शरण नेपाली, उप संयोजक राजकुमार सुनार, दलित संघर्ष समिति कास्कीका संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ०७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल