उच्च अदालत पाटनले सोमबारदेखि थप सेवा शुरु गर्ने | Khabarhub Khabarhub

उच्च अदालत पाटनले सोमबारदेखि थप सेवा शुरु गर्ने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ ।

अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियागपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था भएकाले कानून व्यवसायी, सेवाग्राहीको उपस्थितिलाई व्यवस्थित गराउने अदालतको व्यवस्थापकीय पक्षसमेतलाई ध्यानमा राखी बन्दाबन्दीमा भन्दाबाहेकका अन्य मुद्दा सुनुवाइ गर्ने भएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ४१ बजे

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

रुपन्देही- पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित

शिक्षकको आन्दोलनले ७० लाख विद्यार्थीको भविष्य अन्योल भयो : शिशिर खनाल

काठमाडौं – देशभरका शिक्षकले २८ औँ दिनदेखि काठमाडौंको सडक आन्दोलन

प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद

कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको

गण्डकीका मुख्यमन्त्रीबाट कांग्रेससँग नीति तथा कार्यक्रमका लागि सुझाव माग

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले

शिक्षकको आन्दोलन आज पनि जारी, प्रदर्शन थप बलियो बनाउन अध्यक्ष सुवेदीको आग्रह

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज