साम्राज्ञीको आरोप सेलाउन नपाउँदै भुवनमाथि अर्को आरोप ! « Khabarhub

साम्राज्ञीको आरोप सेलाउन नपाउँदै भुवनमाथि अर्को आरोप !


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्माता तथा अभिनेता भुवन केसीले आफूमाथि ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाइन् । ‘पर्भट’ भन्दै आरोप लगाएपछि भुवन विवादमा तानिएका छन् ।

साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् ।

उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘जुन थालमा खायो, त्यही थालमा दुला पारेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।

भुवनको उक्त अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएकी थिइन् । उनले भुवनलाई ‘पर्भट’ भएको बताएकी थिइन् ।

साम्राज्ञीले भुवनमाथि जापानमा आयोजना गरिएको अवार्ड समारोहका बेला नजिक टाँसिन आएर ‘तँ त मेरो प्रडक्ट होस्’ भन्दै दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनको यो आरोपपछि भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिएका छन् । उनले साम्राज्ञीलाई साइबर क्राइममा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

यता साम्राज्ञीको मुद्दा सेलाउन नपाउँदै भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउँदै उनीसँगको च्याटको स्किृनशट शेयर गरेकी छिन् ।

उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने ‘प्रस्ताव’ गरेको देखिन्छ । स्वेताले लाइभ भिडियोमार्फत भुवनको व्यवहार राम्रो नभएको प्रतिक्रिया जनाएकी छिन् ।

‘साम्राज्ञीको विषयमा पनि कतिले अहिले आएर किन भनिरहेको भनेर प्रश्न गरिरहेका छन्, उनलाई यतिबेला ठीक लाग्यो होला, यो त हाम्रो अधिकारको कुरा पनि हो,’ स्वेताले भिडियोमार्फत साम्राज्ञीको समर्थन गर्दै भनेकी छिन् ।

स्वेताले भुवनले आफूलाई फेसबूकमा रिक्वेस्ट पठाएको र कुरा गर्नासाथ फिल्मको अफर गर्दै रुपको चर्चा गरेको बताएकी छिन् ।

‘यी व्यक्तिले मलाई फ्रेन्ड रिक्वेस्ट पठाए, मैले फेक हो कि रियल खाता हो भनेर सोधें, उनले भेरिफाइ गर्न भिडियो कल गर्न भने,’ स्वेताले भनेकी छिन्, ‘मैले पक्का गर्न फोन गरें, उनी थिए ।’

भुवनले दोस्रो दिन बिहान म्यासेज गरेर फिल्मका लागि प्रस्ताव गरेको बताइन् । भुवनले गरेको म्यासेजमा पनि ‘तिमी राम्री र बोल्ड छौ’ भनेर लेखेको देख्न सकिन्छ ।

स्वेताले भुवन व्यावसायिक व्यक्ति भएर पनि भिडियो कल गर्दा सोफामा सुतेर कुरा गरिरहेको, बिहान म्यासेज गरेर सीधै राम्री छौ भन्दा उनको व्यवहार र नियतमाथि प्रश्न उठाएकी छिन् ।

स्वेताले भिडियो सार्वजनिक गरेपछि कतिपयले आश्चर्य प्रकट गरेका छन् । भुवनको नियतलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

साम्राज्ञीले उठाएको विषयको अन्य नायिकाहरुले पनि समर्थन गरेका छन् । नायिका ऋचा शर्मा, सुरक्षा पन्त, केकी अधिकारी लगायतले साम्राज्ञीलाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : १३ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा