काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्।

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्।

उपत्यकामा कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको