अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन : मन्त्री मगर « Khabarhub

अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन : मन्त्री मगर


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको बताएकी छिन् ।

आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। यसको चाँडै नै अन्त्य भइ साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’

उनले असार महिनाभित्र मेलम्चीको पानी काठमाडौमा झार्ने र साउनदेखि धारामा वितरण गर्ने बताइन्।

उनले मेलम्ची आयोजना सम्पन्‍न गर्न निकै चुनौती तथा कठिनाइहरु भोग्नु परे पनि सफल भएको बताइन् ।

उनले पानी टेस्टिङ प्रक्रियामा अगाडी बढेको हुँदा छिट्टै काठमाडौँमा आने बताइन् ।

मन्त्री मगरले पानीको आवश्यक टेस्टिङ प्रक्रिया सकेर आवश्यक नेतृत्वसँग छलफल गरेर छिट्टै उद्घाटनको मिति तय गर्ने जानकारी दिइन्।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परीक्षण कार्य बिहान ९:४५ बजेदेखि शुरु गरिएको हो।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ५५ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।