पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते « Khabarhub

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- डोटीमा पहिरोले पुरिएर ६ महिने शिशुको ज्यान गएको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र पहिरोमा परेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

उनका अनुसार शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल, डोटी पु¥याइएको छ ।

पहिरो आउँदा घरभित्र भक्त, श्रीमती देवा, दुई छोरा र एक छोरी गरी ५ जना थिए । चार जना भागेर बाँच्न सके पनि शिशु पहिरोमा पुरिएका थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले पहिरोले घर पुरै भत्काएको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २९ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो