प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको ‘म्यान्डेट’ विपरीत : नेता रायमाझी « Khabarhub

प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको ‘म्यान्डेट’ विपरीत : नेता रायमाझी


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पछिलो समय पार्टीभित्र देखिएको समस्या सहमतिका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री रायमाझीले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताले आपसी सहमति कायम गर्नुको विकल्प नभएको बताउँदै अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारे ।

“पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँटमा बढी केन्द्रित रहेको छ, विवाद खासगरी ‘पावर सेयरिङ’मा सम्बन्धित छ, यही विषयले उचाइ लिइरहेको छ, अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ”, उनले भने ।

दुई तिहाइको वर्तमान सरकार बनेपछि जनतामा सरकारप्रति अपेक्षा बढे पनि सरकारले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेको स्वीकार गरे ।

उनले भन्नुभयो, “मुलुक यतिबेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सीमा विवादमा सिङ्गो राष्ट्र एकजुट भएर लागिरहेको छ, यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् कुरा हो, सरकारलाई परिणाममुखी बनाउनका लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान हुने होइन ।”

अहिले देखिएका विवाद समाधानका लागि नेताहरुले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : १५ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा