कम उमेर मै किन बुढो देखिन्छ मानिस ? « Khabarhub

कम उमेर मै किन बुढो देखिन्छ मानिस ?


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बुढो देखिनु मानिसका लागी निकै पट्यारलाग्दो हुने गर्दछ । बुढो हुनु स्वभाविक जीवन प्रकृया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन् ।

उनीहरु उमेरले नभई शारीरिक रुपमा बुढो हुन्छन् । यो अवस्थामा शरीर कमजोर र लाचार हुन्छ ।

किन मानिस बुढो देखिन्छ ?
आजकल मानिसहरुमा रहने गरेको गलत दिनचर्या, खराब खानपान, अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो पार्दछ ।

खाने, सुत्ने, आराम गर्ने वा व्यायामका लागी समय छुट्याउन नसक्दा मानिस बुढो देखिन्छ । यसका मुख्य कारण निम्न छन् ।

१. खाना
आजकल मानिसहरुमा सहि समय, सहि मात्रा र स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्दछ । गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गाज्दै लान्छ ।

२. बढि आराम
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ । जसले मुटुका साथै शरीरलाई असर पार्दछ ।

३. धुम्रपान
धुम्रपान कुनै पनि हालतमा शरीरका लागी फाइदाजनक हुदैन । यसले रगतलाई चोक्टा चोक्टा बनाउँछ । यसले फोक्सो देखि मस्तिष्कसम्म असर पार्दछ । रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ । धुम्रपानले शरिरमा खराव कोलेस्ट्रोलको मात्रा पनि बढाउने भएकाले शरीर जीर्ण हुदै जान्छ ।

४. मदिरा सेवन
मदिरा सेवनले रक्तचाप बढ्छ साथै मुटुलाई प्रभावित पार्दछ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । मदिराले हर्ट अट्याक, स्ट्रोक र उच्च रक्तचाप बढाई उमेर नपुगी मानिसलाई कमजोर र बुढो बनाउँछ ।

५. व्यायाम
शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।

६. चिन्ता/तनाव
चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि बढाएर लान्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : २८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर