सुशान्तले अभिनय गरेका १० फिल्म : कस्तो रह्यो व्यावसायिक सफलता « Khabarhub

सुशान्तले अभिनय गरेका १० फिल्म : कस्तो रह्यो व्यावसायिक सफलता


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो अन्तिम फिल्म रिलिज हुनु अघि नै बलिउड अभिनेता सुशांत सिंह राजपूतले जीवन त्याग गरे ।

फिल्मी करियरमा सुशान्तको अवधी छोटो रह्यो तथापी उनले केहि राम्रा फिल्महरुमा काम गरे । उनले केहि सुपरहिट फिल्म काम गरे भने केहि फ्लप रह्यो ।

आज हामी उनले अभिनय गरेका १० बलिउड फिल्मको बारेमा चर्चा गर्नेछौ ।

१. छिछोरे
गत वर्ष हिन्दी फिल्म छिछोरे रिलिज भएको थियो । नितीश तिवारीको निर्देशनमा बनेको यस फिल्ममा सुशान्त सिंह राजपूतले लिड रोलमा अभिनय गरेका थिए ।

यस फिल्मले बक्स अफिसमा निकै चर्चा कमाउदै १ सय ५० करोड भारुको ब्यापार गरेको थियो ।

२. ड्राइभ
छिछोरेभन्दा अघि नेटफ्लिक्समा सुशान्तको ड्राइभ रिलिज भएको थियो । ओटीटी प्लेटफर्ममा रिलिज भएको यस फिल्ममा सुशान्त र न्याक्लिनको केमिष्ट्रि रहेको थियो । यी जोडीको अभिनय रुचाइएपनि यो फिल्म फ्लप साबित भयो ।

३. केदारनाथ
सन् २०१८ मा सुशान्त सिंह राजपूतले सारा अली खानसंग फिल्म केदारनाथमा काम गरेका थिए ।

एक धार्मिकस्थलको आसपासमा बनाइएको यस फिल्ममा सुशान्त र साराकाबीच प्रेम देखाइएको थियो । यस फिल्मले ८२ करोड भारु कमाएको थियो ।

४. राबता
दिनेश भिजानको निर्दशनमा बनेको राबता फिल्ममा सुशान्त र कृति सेननले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्मको चर्चा त निकै भयो तर व्यावसायिक रुपमा भने यो फिल्म सफल हुन सकेन ।

५. ब्योमकेश बक्सि
सुशान्त आफुलाई हमेशा अभिनयका लागी परीक्षणमा राख्दथे । सोहि अनुरुप उनले अनौठो भुमिकाका लागी फिल्म ब्योमकेश बक्सिमा काम गरे ।

यस फिल्ममा सुशान्त एक डिटेक्टिभका रुपमा थिए । यो फिल्म समेत बक्स अफिसमा राम्रो ब्यवसाय गर्न सकेन । तर उनको मेहनलाई भने धेरैले रुचाए ।

६. पिके
आमिर खानको बहुचर्चित फिल्म पिकेलाई अलटाइम हिट मानिन्छ । यस फिल्मको मुख्य भुमिकामा आमिर नै थिए तर सुशान्तले निभाएको रोलका कारण छोटो भएपनि उनले सम्झना योग्य काम गरे ।

उनले निर्वाह गरेको सरफराजको भुमिका निकै महत्वपुर्ण थियो । फिल्मले करीबन ३ सय करोडको ब्यापार गरेको थियो ।

७. एम एस धोनी
भारतीय क्रिकेटर एम एस धोनीको जीवनमा आधारीत फिल्म एम एस धोनीमा सुशान्तको मेहनत र अभिनयको बेजोड मिश्रण देख्न पाइन्छ ।

कबीर खानको निर्देशनमा बनेको यस फिल्म मार्फत उनी दर्शक र क्रिटिक्सको मनमा राम्रो छाप छाड्न सफल भए । यस फिल्मले १ सय ३० करोडको व्यवसाय गरेको थियो ।

८. शुद्ध देसी रोमान्स
सुशांत सिंह राजपूतले करीयरको शुरुवातमा रोमान्टिक फिल्म शुद्ध देसी रोमान्सबाट काम थालेका थिए । मनीष शर्माको निर्देशनमा बनेको यस फिल्मलाई क्रिटिक्सबाट सह्राना नमिले पनि बक्स अफिसमा भने सफल रहेको थियो ।

९.सोनचिडिया
सुशान्तले आफ्नो करियरमा डाकाको भुमिका समेत निर्वाह गरेका छन् । सन् २०१९ मा रिलिज भएको फिल्म सोनचिडियामा सुशान्तले डाकाको भुमिका निर्वाह गरेका थिए । सुशान्तको अभिनयको काफि चर्चा रहेपनि यो फिल्म सफल हुन सकेन ।

१०. काई पो छे
सन् २०१३ मा रिलिज भएको फिल्म काई पो छे मार्फत बलिउडले सुशान्त सिंह राजपूत जस्तो अब्बल कलाकार पाएको थियो । चेतन भगतको पुस्तकको कथामा आधारीत यस फिल्मलाई दर्शक तथा क्रिटिक्सले निकै रुचाए । उनको अभिनयको समेत निकै चर्चा भयो । तथापी फिल्म हिट भने हुन सकेन ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४१ बजे

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री