प्रदेश नम्बर २ मा दुईको मृत्यु, २२७ नयाँ सङ्क्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश नम्बर २ मा दुईको मृत्यु, २२७ नयाँ सङ्क्रमित थपिए


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- सप्तरी प्रदेश नं २ मा आज कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।

योसमेत गरी यो प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये १४ जना पर्सा जिल्लाका भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा फेला परेका २२७ जना नयाँ सङ्क्रमितमा ४१ जना महिला रहेका छन् ।

जसमा पर्सामा १४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए । योसमेत गरी प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७२ पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : ०५ बजे

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि