नेसन्स लिग फुटबल : इटली बराबरीमा रोकिदा नेदरल्याण्डसको जित « Khabarhub

नेसन्स लिग फुटबल : इटली बराबरीमा रोकिदा नेदरल्याण्डसको जित


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा बलियो टोली मानिएको इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिदा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ ।

इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो । म्यान्चेष्टर सिटीका इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए । स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए ।

समूह ‘ए’ को खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ । प्रिमियर लिग क्लब टोटेनहमका स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो ।

घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजिकको नेतृत्वमा नेदरल्याण्डस मैदान उत्रिएको थियो ।

म्यान्चेष्टर युनाईटेडमा भर्खरै ३५ मिलियन पाउण्डमा आबद्ध भएका डोन भान डी विक वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो । गत महिनामात्र उनले बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ४३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने