रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेपविरूद्ध रौतहटमा प्रदर्शन | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेपविरूद्ध रौतहटमा प्रदर्शन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : ५२ बजे

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक