सन्दीप आबद्ध जमैकाको खेल आज राति « Khabarhub

सन्दीप आबद्ध जमैकाको खेल आज राति


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ ।

ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो ।

बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ ।

जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सीपीएलबाट बाहिरिएको छ ।

सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उनले सीपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसकेका छन् । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा छन् ।

सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर रहेका छन् । उनले १० खेलमा १५ विकेट लिनुभएको छ । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमान रहनुभएको छ । उहाँले आठ खेलमा १३ विकेट लिनुभएको छ ।

प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ ।

गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : ०१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको