हैदराबादलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा « Khabarhub

हैदराबादलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई इण्डियन्स यूएईमा जारी आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गरेको मुम्बईको यो तेस्रो जित हो ।

सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि हैदराबादलाई जित दिलाउन सकेनन् ।यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।

मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २/२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २/२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईको ५ खेलमा ६ अंक भएको छ । ५ खेलमा ४ अंक जोडेको हैदराबाद छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४७ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार