शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्य सुधार हुँदै गएको दाबी « Khabarhub

शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्य सुधार हुँदै गएको दाबी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक कारमा देखिएका छन् ।

ट्रम्पको स्वास्थ्यवस्थालाई लिएर अनेकखाले अड्कल काट्न थालिएपछि उनले आफू स्वस्थ रहेको भन्दै शुभेच्छुकसामु कारमार्फत सार्वजनिक भएका हुन् । कारमा मास्कसहित देखिएका ट्रम्पले शुभेच्छुकलाई हात हल्लाएका छन् ।

ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र फेरि वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरको प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

तस्वीर : सीएनएन

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्देश दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए ।

उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताउँदै भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें, पछिल्लो भोगाई मेरो वास्तविक विद्यालय हो ।’

उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र छिट्टै नियमित अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५९ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन